काठमाडौं– वैदेशिक श्रमिक रोजगारीबाट फर्केकाहरूको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा निःशुल्क ओपीडी क्लिनिक तथा २४ सै घण्टा अनलाइन परामर्श सेवा सुरु गरिएको छ ।
केन्द्रको १३ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक विशेष कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट उक्त सेवाको समुद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्रीले नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई वैदेशिक रोजगार गएको अवस्थामा आफ्नो स्वास्थ्य सम्बन्धी सेवाको परामर्श सहज होस भन्नको लागि टोल फ्री कल वा सोसियल मिडियाको प्रयोग गरी विदेशबाट समेत परामर्श लिन सक्ने व्यवस्था श्रम रोजगार मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहकार्य हुने गरी सुरु गरेको बताए ।
वैदेशिक रोजगारबाट व्यक्तिको स्वास्थ्य परीक्षण सुलभ र सहज रूपमा उपलब्ध गराउनको लागि छुट्टै निःशुल्क ओपीडी सञ्चालन भएको मन्त्री पौडेलले जानकारी गराए ।
वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू अंग फेल भई आउनेको संख्या बढी भएकोले आफूले सबै भन्दा बढी माया गर्ने आफ्नै शरीर बचाउनको लागि श्रम मन्त्रालयसँग सहकार्य गरी सेवा उपलब्ध गराउन लागिएको हुँदा विदेश जान लाग्नु भएका, वैदेशिक रोजगारमा रहेका र वैदेशिक रोजगारबाट फर्केकाहरूले यो सेवा लिई लाभान्वित हुन आह्वान गरे ।
उक्त कार्यको लागि मोबाइल नं ९७६३४९०९०० मा चौबिसै घण्टा उपलब्ध गराइएको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !