काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेटले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्। सोमबार नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले राजधानीमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले आर्थिक स्थायित्वका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको बताए।
देउवाले मुलुकको समग्र आर्थिक विकासमा सरकारले मात्र नभई निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै, “निजी क्षेत्रले उठाएका मागहरू आगामी बजेटमा सम्बोधन हुनेछन्,” भने। डिजिटल अर्थतन्त्रको बढ्दो प्रभावप्रति संकेत गर्दै उनले यो क्षेत्रमा सरकार र निजी क्षेत्रले सँगै ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक परिवर्तन भए पनि आम जनताको जीवनस्तरमा अपेक्षित सुधार नआएकाले असन्तुष्टि देखिएको बताए। उनले जनताको असन्तुष्टिलाई गलत दिशामा लैजाने होइन, समाधानमुखी रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे।
महामन्त्री थापाले आर्थिक गतिविधि खुम्चिरहेको वर्तमान अवस्थामा यथाशीघ्र सुधारात्मक उपायहरू अवलम्बन गरेमा मुलुकलाई सही दिशातर्फ अघि बढाउन सकिने उल्लेख गरे।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !