काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर–थ्रीको दोस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
थाइल्याण्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ७८ रनले पराजित भएको हो ।थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८० रनमा समेटियो ।नेपालकी कविता कुँवरले २४, राजमति ऐरीले २० र रुविना क्षेत्रीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
थाइल्यान्डकी ओन्निचा कामचोम्फुले चार, थिपाचा पुथावोङले तीन तथा सुलेपोर्न लाओमीले एक विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका छन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !