काठमाडौं – माइकल चन्दको निर्देशनमा बन्ने भनिएको फिल्म ‘राम नाम सत्य’को अहिले प्रि-पोडक्सनको जारी छ । समय निकाल्न सकेका कलाकारहरु अहिले वर्कसपमा छन् । कलाकार चयनको काम पनि भइरहेको छ ।
निर्माण पक्षले आइतबार कलाकार सुनील थापा पनि अनुबन्ध भएको जानकारी दिएको छ । निर्देशक चन्दले सुनीललाई यो पटक फरक गेटअपमा उतार्ने तयारीमा हरेका छन् ।
उनले भने, ‘सुनील थापालाई दर्शकले अहिलेसम्म नदेखेको अवतारमा उतार्ने तयारीमा छु । यो दर्शकलाई सरप्राइज बन्न सक्छ ।’
यस फिल्ममा नायक विराजहरु भट्ट, सुशील श्रेष्ठ, नायिकाहरु दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् । सुनीलको प्रवेशसँगै शीर्ष कलाकार चयनको काम सकिएको निर्देशक चन्दले बताए । साउनको अन्मितबाट छायाङ्कनमा निस्कने तयारीमा निर्देशक चन्द रहेका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !