काठमाडौं– १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियासामु ४ सय २१ रनको विशाल लक्ष्य दिएको छ ।
मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४ सय २० रन बनाएको छ ।
नेपालका प्रसिद्ध जैसीले सर्वाधिक १३२ रनको योगदान दिए । यस्तै, रोनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१, जोय थापाले ५७, सुगम बुढाथोकीले ३९ तथा रोशन शाहीले १० रन जोडे ।इन्डोनेसियाका लागि केतुक धर्मपुत्रले दुई तथा कविन निरचड्डा, महेन्द्र पर्तामा, रियान रिजाले एक–एक विकेट लिए । यसअघिका दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा सिङ्गापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो ।
प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !