काठमाडौँ। आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले राजीनामा पत्र बुझाउन लागेका छन् । प्रधानमन्त्री ओली हुम्लाबाट फर्केपछि राज्यमन्त्रीले उनलाई राजीनामा पत्र बुझाउने पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।
उनले भनिन्, ‘पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनुका साथै सरकारबाट पनि फिर्ता हुने निर्णय गरिसकेको छ, सोही अनुसार आज राज्यमन्त्री चौधरीले राजीनामा दिन लाग्नुभएको हो ।’
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी निर्देशक नियुक्त गर्दा आफूसँग सल्लाह नगरेको मुख्यमन्त्री शाहको दाबी थियो । सोही विवादमा उनले चौधरीलाई बर्खास्त गरेसँगै नाउपा आक्रोशित बनेको थियो ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले असार १९ गते पदबाट बर्खास्त गरेका थिए । पार्टीसँग कुनै सल्लाहै नगरीकन, बिना कारण आफ्नो मन्त्रीलाई हटाएको भन्दै नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारबाट पनि आफ्नो समर्थन फिर्ता लिइसकेको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !