काठमाडौँ। प्रतिकूल मौसमका कारण कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–२ स्थित चुवा खोलामा निर्माण गरिएको बेलीब्रिजको उद्घाटन गर्न जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेतमै रोकिएका छन्।
प्रधानमन्त्री ओली आइतबार बिहान साढे ११ बजेतिर सुर्खेत विमानस्थलमा अवतरण गरेका थिए। तर, हुम्लातर्फको मौसम प्रतिकूल भएपछि उनको टोलीको उडान स्थगित गरिएको हो। ओलीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल पनि उद्घाटन कार्यक्रममा सहभागी हुन हुम्ला जाने तयारीमा थिए।
हाल प्रधानमन्त्री ओलीसहितको टोली वीरेन्द्रनगरस्थित नेपाली सेनाको उत्तर पश्चिम हेडक्वार्टर, नेवारेमा विश्राम गरिरहेको मुख्यमन्त्री कँडेलको सचिवालयले जनाएको छ। चुवा खोलामा निर्माण गरिएको बेलीब्रिजको उद्घाटन कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको थियो। तर, विशेषगरी कालिकोट खण्डको मौसममा सुधार नआएपछि प्रधानमन्त्रीको हुम्ला प्रस्थान असम्भव भएको हो।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !