काठमाडौं : चर्चित गायिका एलीना चौहान र गायक पवन परियारको स्वरमा सजिएको नयाँ लोकपप शैलीको गीत ‘सिस्नो ले पोल्यो’ सार्वजनिक भएको छ। गीत शुक्रबार टिआर सिरिज नामक युट्युब च्यानलमार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको हो। गीतमा तुलाराम लामिछाने र गायक पवन परियारकै शब्द संयोजन रहेको छ।
संगीत पनि पवन परियारले नै तयार गरेका हुन्। परम्परागत लोक भावनालाई समेट्दै आधुनिक संगीत संयोजनमार्फत नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास गरिएको यस गीतमा करिश्मा शाही, सुमन योगी, र अन्य कलाकारहरूको अभिनय देख्न सकिन्छ। गीतले पहाडी गाउँको परिवेश, प्रेम, र पीडाको कथा प्रस्तुत गर्छ। “सिस्नोले पोल्यो” भन्ने प्रतीकात्मक भावमार्फत मनको घाउ र सामाजिक सन्दर्भहरूलाई गीतमार्फत प्रभावशाली ढंगमा व्यक्त गरिएको छ। एलीना चौहानको सुमधुर स्वर र पवन परियारको दमदार गायनले गीतलाई थप भावुक र आकर्षक बनाएको छ।
सुरेश पाण्डेको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोलाई देव दोर्जे लामाले छायांकन गरेका हुन् भने अनिल बिष्ट प्युठानीले सम्पादन गरेका छन्। गीतले युट्युबमार्फत सार्वजनिक भएलगत्तै दर्शकरस्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। लोकपप शैलीमा ल्याइएको यस प्रकारको सिर्जना नेपाली संगीतमा नयाँ स्वाद थप्ने प्रयासका रूपमा हेरिएको छ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !