काठमाडौं । विल्सनविक्रम राई ‘तक्मेबुढा’ले निर्देशन गर्ने फिल्म ‘मैझारो’मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छन् । यसअघि यो फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगर अनुबन्धित भैसकेका छन् । यसबारे निर्देशक तथा अभिनेता समेत रहेका राईले भने, ‘कथाले मागेअनुसार दीयालाई अनुबन्ध गरेका हौं । अन्य कलाकार पनि छानिँदैछन् ।’
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथा पेश हुने बताइएको छ । छायांकन साउन पहिलो साताबाट सुरु हुने जनाइएको छ । अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत दिनेछन् । गीतमा राजेशपायल राई, अस्मिता अधिकारी, झुमा लिम्बु, अनमोल गुरुङ लगायतको स्वर समावेश हुनेछ । छायांकन सौरभ लामाले गर्ने भएका छन् । निर्देशक राईका अनुसार ‘मैझारो’ उनका लागि लेखन र निर्देशन दुबैमा डेब्यु प्रोजेक्ट हो ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !