रसुवा– रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा अलपत्र करिब दुई सय नेपाली नागरिकलाई बुधबार नेपाल फर्काइँदैछ । गत असार २४ गते नेपाल चीन सीमाको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण मितेरी पुल बगाएपछि चीनको केरुङमा अलपत्र नेपाली नागरिकलाई बुधबार तातोपानी (चाङ्मु) नाकाबाट नेपाल ल्याउन लागिएको हो । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले यसबारेमा जानकारी दिएका छन् । महावाणिज्यदूत निरौलाका अनुसार केरुङमा अलपत्र २०३ नेपालीलाई चीन सरकारका तर्फबाट सुरक्षित बसोबासको व्यवस्था मिलाइएको छ ।
दुवै देशबीच कुटनीतिक पहलपछि चीन सरकारसँगको समन्वय र सहयोगमा तीन नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । अलपत्र नेपाली नागरिकमध्ये कतिपयसँग नेपाल जाने भाडा र खाना खर्चसमेत नभएको जानकारी दिँदै उनले चीनको सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँगको समन्वय र चीन सरकारका सम्बन्धित निकायको सहयोगमा उनीहरूलाई तातोपानी नाकासम्म पुर्याइने जानकारी दिए । तातोपानीमा पुर्याएपछि उनीहरूलाई नेपाली अधिकारीहरूको जिम्मा लगाइने छ । महावाणिज्यदूत निरौलाले बाढीपीडित नेपाली नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित बसोबासको व्यवस्था मिलाएर नाकासम्म लैजान लगेकोमा चीन सरकारलाई धन्यवाद दिए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !