धरान । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको वर्तमान राजनीतिक अस्थिरता र नयाँ पुस्तामा बढ्दो असन्तुष्टिलाई चिर्न परिपक्व नेतृत्वको विकल्प नभएको बताएका छन्। बिहीबार सुनसरीको धरानमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले देशको जटिल परिस्थिति सम्हाल्न जिम्मेवार र अनुभवी राजनीतिक दलले नै नेतृत्व गर्नुपर्नेमा जोड दिएका हुन्।
सुनसरी क्षेत्र नं १ का कांग्रेस उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रममा शर्माले नयाँ भनिएका शक्तिहरूभन्दा पुराना र स्थापित दलहरू नै सङ्कटको साथी हुने दाबी गरे। उपसभापति शर्माले गत भदौमा भएको जेनजी आन्दोलनलाई नयाँ पुस्ताको चेतना र अपेक्षाको कडा सङ्केतका रूपमा व्याख्या गरे।
युवाहरूले सडकबाट व्यक्त गरेको असन्तुष्टिको सूक्ष्म अध्ययन हुनुपर्ने भन्दै उनले समस्याको मूल कारण समयमै पहिचान नगरे भविष्यमा योभन्दा ठुलो अर्को विद्रोह हुन सक्ने चेतावनी दिए। उनले आक्रोश र आवेगलाई मात्रै आधार मानेर अनुभवहीन व्यक्ति वा समूहको हातमा देशको साँचो सुम्पिनु घातक हुने भन्दै मतदातालाई सचेत गराए।
मुलुकको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न कांग्रेस जस्तो इतिहास बोकेको दलले मात्रै धैर्यतापूर्वक काम गर्न सक्ने शर्माको तर्क छ। उनले आन्दोलन र विद्रोहले उठाएका मुद्दाहरूलाई स्थापित राजनीतिक प्रणालीभित्रबाट समाधान खोजिनुपर्ने बताए। निर्वाचनको मुखमा देखिएका विभिन्न राजनीतिक लहरहरूका बिच उनले सुशासन र समृद्धिको यात्रामा अनुभवी र परिपक्व शक्तिको भूमिका नै निर्णायक हुने उल्लेख गर्दै आफ्ना उम्मेदवारलाई विजयी गराउन अपिल गरे।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !