काठमाडौँ । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा एक नेपाली नागरिकको ज्यान गएको छ। मृत्यु हुनेमा गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।
यूएई सरकारले त्यहाँस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई मृतकबारे औपचारिक जानकारी गराएको हो। श्रेष्ठ सुरक्षा गार्डका रूपमा कार्यरत रहेका थिए। ड्रोन आक्रमणलाई निष्क्रिय बनाउने क्रममा उनी घाइते भई निधन भएको बताइएको छ।
यूएईको विदेश मन्त्रालयका अनुसार उक्त घटनामा श्रेष्ठसहित तीन जनाको मृत्यु भएको छ। घटनापछि विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।
आबुधाबीस्थित नेपाली राजदूतावासले परिस्थिति सहज भएपछि श्रेष्ठको शव स्वदेश फिर्ता पठाइने जानकारी दिएको छ। साथै, मृतकका परिवारलाई आवश्यक समन्वय र सहयोग उपलब्ध गराइने दूतावासले जनाएको छ।

समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !