तेलअविव । इजरायली रक्षा बल (आईडीएफ) ले इरानका वरिष्ठ गुप्तचर अधिकारीहरू मारिएको दाबी गरेको छ ।
आईडीएफले सोमबार दिउँसो सार्वजनिक गरेको वक्तव्यअनुसार इरानको गुप्तचर मन्त्रालयमा इजरायल मामिला हेर्ने उपमन्त्री सैयद यह्या हमिदी मारिएका छन् । वक्तव्यमा गुप्तचर मन्त्रालयको जासुसी विभाग प्रमुख जलाल पोर होसैनसहित अन्य ‘शासनका अधिकारीहरू’ पनि मारिएको उल्लेख गरिएको छ ।
उनीहरू कसरी, कहिले र कहाँ मारिएका हुन् भन्नेबारे भने विस्तृत विवरण नदिइएको बीबीसीले लेखेको छ । आईडीएफले तेहरानस्थित इरानको गुप्तचर मन्त्रालयको मुख्यालयमा केही समयअघि आक्रमण गरिएको पनि जनाएको छ ।
यस घटनाबारे इरान सरकारले औपचारिक प्रतिक्रिया भने दिएको छैन । –एजेन्सी
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !