काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म (सात महिना) मा १ अर्ब ६३ करोड रुपैयाँको रक्सी आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १९ लाख ७ हजार ८८८ लिटर रक्सी आयात हुँदा १ अर्ब ६३ करोड ४७ लाख ६८ हजार रुपैयाँ बाहिरिएको छ ।
उक्त परिमाणमा रक्सी आयात हुँदा २ अर्ब ६३ करोड ३४ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।
कुल आयातमध्ये १ अर्ब २२ करोड ५८ लाख ८८ हजार रुपैयाँको ५ लाख ५० हजार ४१९ लिटर ह्विस्की, ४ करोड ५९ लाख ३९ हजार रुपैयाँको ३६ हजार ७२ लिटर भोड्का, ९ लाख ८८ हजार रुपैयाँको ८०५ लिटर रम आयात भएको छ । र अन्य रक्सी ३६ करोड १९ लाख ५२ हजार रुपैयाँको १३ लाख २० हजार ५४७ लिटर आयात भएको उल्लेख छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !