काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहले सर्वोच्च अदालतमा रिट दिएका छन् ।
उनले दिएको रिटको सुनुवाइ फागुन २१ को निर्वाचनपछि मात्रै हुने भएको छ । साहले आफ्नो उम्मेदवार कायम रहनुपर्ने माग गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दिए पनि पेसी भने निर्वाचन पछि फागुन २५ गतेका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि खारेज भएको हो ।
किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ । निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो ।
यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट रामपल्टन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मातृकाप्रसाद यादव उम्मेदवार रहेका छन् । बिहीबार निर्वाचन हुँदैछ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !