तेहरान । इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका समर्थकहरूले आज राति तेहरानमा तीनदिने स्मरण कार्यक्रम सुरु गर्ने भएका छन् ।
इरानी समाचार संस्था तस्निमका अनुसार कार्यक्रम स्थानीय समय अनुसार राति १० बजे तेहरानको ग्रान्ड मुसल्ला प्रार्थना हलमा आरम्भ हुनेछ । रिपोर्ट अनुसार कार्यक्रममा देशभरबाट समर्थकहरू सहभागी हुने अपेक्षा गरिएको छ । खामेनीको अन्त्येष्टिबारे विस्तृत कार्यक्रम भने चाँडै सार्वजनिक गरिने बताइएको छ ।
यसअघि पनि इरानका विभिन्न शहरहरूमा खामेनीको स्मरणमा ठुलो भीड सडकमा उत्रिएको र शोकसभाहरू आयोजना गरिएको तस्निमले जनाएको थियो । -एजेन्सी
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !