काठमाडौँ- ‘कसलाई भोट हाल्नुभयो?’ भनी प्रश्न गरेपछि चितवनमा एक जना पक्राउ परेका छन्।
चितवन क्षेत्र नम्बर- ३ मा पर्ने माणी मावि मतदानस्थलमा निर्वाचनका लागि खटिएका एक जना कर्मचारीले मतदातालाई सो प्रश्न गरेपछि पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
‘उहाँ सहायक (कार्यालय सहयोगी) तहको कर्मचारी हुनुहन्छ,’ उनले भने,’मतदातालाई अप्ठेरो पर्नेगरी निर्वाचन आचारसंहितबिपरित प्रश्न गरेको भएर उहाँलाई नियन्त्रणमा लिइएको हो।’
चितवन- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सोविता गौतम, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रेनु दाहाल, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ, नेकपा एमालेबाट शंकर थपलिया र राप्रपाबाट दीपक थापालगायत उम्मेदवार छन्।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !