गोरखा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु हुन ढिलाइ भएको छ।
बिहीबार भएको मतदानपछि दुर्गम क्षेत्रमा रहेका मतदान केन्द्रबाट मतपेटिका संकलनमा समस्या आएपछि मतगणना ढिलाइ भएको हो। विशेषगरी चुमनुब्री क्षेत्रबाट मतपेटिका ल्याउन गएको हेलिकप्टर खराब मौसमका कारण पोखरातर्फ डाइभर्ट गरिएको छ।
भौगोलिक कठिनाइ र खराब मौसमका कारण सबै मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याउन समय लागेको निर्वाचन अधिकारीहरूले बताएका छन्। बाँकी मतपेटिका आएपछि मात्रै मतगणना सुरु हुने जनाइएको छ।
यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जहाँ कांग्रेसबाट प्रेमकुमार खत्री , एमालेबाट रामचन्द्र लामिछाने, नेकपाबाट हरिराज अधिकारी, रास्वपाबाट सुधन गुरुङलगायत उम्मेदवार छन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !