काठमाडौँ । नेपाल राष्ट्र बैंकमा आजदेखि दुई डेपुटी गभर्नरको पद रिक्त भएको छ। फागुन २४ गतेदेखि नीलम ढुंगाना र बमबहादुर मिश्रले नियमित अवकाश पाएका कारण पद खाली भएको हो। दुवै डेपुटी गभर्नर २०७७ फागुन २५ गते नियुक्त भएका थिए र राष्ट्र बैंकको नियमअनुसार डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ।
a
राष्ट्र बैंकको नियमअनुसार, डेपुटी गभर्नर बन्ने व्यक्ति नियुक्त हुनुअघि कार्यकारी निर्देशकको रूपमा सेवा दिइरहेको हुनुपर्छ। यस अर्थमा हाल राष्ट्र बैंकमा कार्यरत १८ जना कार्यकारी निर्देशक सबै डेपुटी गभर्नर पदको प्रत्याशी बन्न योग्य छन्।
डेपुटी गभर्नरको नियुक्तिका लागि गभर्नरले कार्यकारी निर्देशकहरूबाट चार जनाको नाम सिफारिस गर्छन् र त्यसमा रहेका दुई जनालाई मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ।
हाल राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरूमा नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा। सत्येन्द्र तिमल्सिना र चेतप्रसाद उप्रेती रहेका छन्।
त्यसैगरी रोशनकुमार सिग्देल, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई पनि कार्यकारी निर्देशकको रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !