काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ जना पूर्व अर्थमन्त्रीहरु मैदानमा थिए । प्रत्यक्ष तर्फबाट १६५ निर्वाचन क्षेत्रमध्ये ६ जना पूर्व अर्थमन्त्रीहरुले उम्मेदवारी दिएका थिए। एक जना पूर्व अर्थराज्यमन्त्री पनि उम्मेदवार बनेका थिए ।
तर, सार्वजनिक मतपरिणामअनुसार एक जनाबाहेक सबै पूर्व अर्थमन्त्रीहरु पराजित भएका छन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री (५ पटक अर्थमन्त्री बनेका) विष्णु पौडेल रुपन्देही २ बाट चुनाव हारे । पौडेलले रास्वपाका उम्मेदवार सुलभ खरेलसँग लज्जास्पद हार ब्यहोरेका हुन् ।
त्यसैगरी, पूर्व अर्थमन्त्री जनार्दन शर्मा पनि रुकुम पश्चिममा पराजित भएका छन् । माओवादी केन्द्रले नेकपा एकिकृत समाजवादीसँग एकता गर्दा असन्तुष्ट बनेर आफ्नै अगुवाईमा प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरेर चुनावमा होमिएका शर्मा आफूले पटकपटक निर्वाचन जितिरहेको उक्त क्षेत्रमा यसपटक तेस्रो भए । त्यहाँ नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा (जनार्दन शर्माका पूर्व कार्यकर्ता) निर्वाचित हुँदा कांग्रेसका राजु केसी दोस्रो भए ।
पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४ मा उम्मेदवार थिए । जहाँ रास्वपाका दीपककुमार साह निर्वाचित हुँदा कांग्रेसका कार्की निकै मतान्तरले दोस्रो भए । नुवाकोट १ मा उम्मेदवार बनेका पूर्व अर्थमन्त्री प्रकाशशरण महत पनि चुनाव हारेलका छन् । त्यहाँ रास्वपाका बिक्रम तिमिल्सिना विजयी भए ।
यसैगरी, पूर्व अर्थराज्यमन्त्री उदयशमसेर जबरा पनि पराजित भएका छन् । ललितपूर १ बाट उम्मेदवार बनेका कांग्रेसका जबरा रास्वपाका बुद्ध रत्न महर्जनसँग पराजित भएका हुन् । तत्कालिन माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका वर्षमान पुन भने रोल्पा–१ बाट निर्वाचित भएका छन् । पुनले नेपाली कांग्रेसका सुदन कुमार वलीलाई पराजित गरेका हुन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएपनि उनले उम्मेदवारी फिर्ता लिएर कांग्रेसलाई सघाउने निर्णय गरेका थिए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !