धनगढी । बाजुराको विकट गाउँमा एक गर्भवती महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै सन्तानलाई जन्म दिएकी छन्।
स्वामिकार्तिक खापर गाउँपालिका–२, भैसागाडकी अन्दाजी २२ वर्षकी दुइला भण्डारी सुत्केरी व्यथाले च्यापेपछि परिवारले हिँडाएरै फयालगाउँस्थित आधारभूत स्वास्थ्य एकाइतिर लैजाँदै थियो। उनको अस्पताल नपुग्दै बाटोमै बच्चा जन्मिएको हो।
घरबाट करिब एक–डेढ घण्टाको पैदल दूरीमा रहेको स्वास्थ्य संस्था जाँदै गर्दा बाटोमा उनलाई असह्य पीडा भयो। असहाय पिडाका कारण उनले अगाडि बढ्न नसक्ने भइन्।
यो खबर पाउनासाथ स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्यकर्मी अनमी विस्ना रोकाया हतार हतार घटनास्थलमै पुगिन् र बाटोमै सुरक्षित प्रसूति गराइन्। समयमै स्वास्थ्यकर्मीको साथ पाएकाले आमा र नवजात शिशु दुवैको ज्यान सुरक्षित भयो। अहिले दुवै जना स्वस्थ अवस्थामा घर फर्किसकेका छन्।
वडा नम्बर २ का अध्यक्ष विष्णुबहादुर बुढाका अनुसार कठिन भूगोल र स्वास्थ्य संस्था टाढा भएका कारण समयमै अस्पताल पुर्याउन नसक्दा यो अवस्था आएको हो।
‘गाउँमा कच्ची सडक त खनिएको छ, तर त्यहाँ न जतिबेला पनि गाडी चल्छन्, न त एम्बुलेन्सकै सुविधा छ। जसका कारण गाउँका गर्भवती महिलाहरूलाई सुत्केरी गराउन जोखिम मोलेरै हिँडाएर स्वास्थ्य संस्था लैजानुपर्ने बाध्यता छ,’ उनले भने।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !