काठमाडौँ । डान्स रियाल्टी शो ‘नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा)’ सिजन २ को उपाधि डोटीकी उदिप्ती रावलले जितेकी छन् ।
एएनपी मिडिया हाउसद्वारा आयोजित बालबालिका सहभागी शोको विजेता भएपछि उनले उपाधिका साथमा नगद १ लाख रुपियाँ समेत प्राप्त गरेकी छन् । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नृत्य निर्देशक वसन्त श्रेष्ठ, कमल राई र राजु शाह उनलाई पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा म्याग्दीकी सुप्रिया थापा फष्ट रनर्सअप र सोलुखुम्बुकी पाशाङ ल्हामु शेर्पा सेकेण्ड रनर्सअप भए । दुवैले उपाधिका साथमा क्रमशः नगद ६० हजार र ४० हजार प्राप्त गरे ।
प्रतियोगितामा कालिकोटकी स्प्रीका शाही थर्ड, भक्तपुरकी जलादि खड्का फोर्थ र महोत्तरीकी श्रृयाना घिशिङ फीप्थ रनर्सअप भए। उनीहरूलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।
स्पेस फोके टेलिभिजन र ओएसआर.रियाल्टीबाट प्रसारण हुँदै आएको शोको अडिसनमा १८ सयजना बाल–बालिका सहभागी थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनल ६ प्रतियोगीले प्रतिस्पर्धा गरेको आयोजक एएनपी मिडिया हाउसका प्रबन्ध लवबहादुर कार्कीले जानकारी गराए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !