काठमाडौं । नियमित रुपमा सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज नबस्ने भएपछि जेन–जी आन्दोलन जाँचबुझ प्रतिवेदन तत्काल कार्यान्वयन नहुने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले आज मन्त्रिपरिषद्को बैठक नबसे पनि अब बस्ने बैठकले उक्त प्रतिवेदन पारित गर्ने बताए ।
जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदन पारित गर्दै कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । तर, मन्त्रिपरिषद्को बैठक नै नबस्ने भएपछि तत्काल उक्त प्रतिवेदन कार्यान्वयन नहुने भएको हो ।
यद्यपि, यही सरकारले प्रतिवेदन पारित गर्ने प्रधानमन्त्रीका सल्लाहकार रावलले बताए । ‘आज बैठक बसेन भने पनि अर्को कुनै दिन बैठक बस्ला, त्यो बैठकले पारित गर्छ’, उनले भने ।
फागुन २५ गते आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन पेश गरेको थियो ।
प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने बताएकी थिइन । तर, त्यसयता मन्त्रिपरिषद्को बैठक बसेको छैन । प्रधानमन्त्री कार्यालयस्रोतका अनुसार वर्तमान मन्त्रिपरिषद्को अन्तिम बैठक सोमबार बस्दैछ ।
उक्त बैठकले प्रतिवेदन पारित गर्छ, तर कार्यान्वयन भने नयाँ सरकार गठनपछि मात्रै हुने भएको छ । प्रतिवेदनले भदौ २३–२४ को जेन–जी आन्दोलनमा बल प्रयोग गर्ने प्रशासनिक तथा सुरक्षा अधिकारीमाथि कारबाही सिफारिस गरेको छ । चर्चा भएअनुसार तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसहितका प्रहरीको नाम त्यसमा उल्लेख छ ।
काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि पनि फौजदारी अभियोगमा कारवाही गर्न सिफारिस भएको स्रोतले जनाएको छ । यद्यपि, यी विषयको हालसम्म आधिकारिक पुष्टि भएको छैन ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !