काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बसिरहेको छ । बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको एमाले प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिए । बजेटबारे पूर्व अर्थमन्त्री युवराज खतिवडा, पार्टी महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णु पौडेलले सांसदहरुलाई प्रशिक्षण दिँदैछन् । उनीहरुको प्रशिक्षणपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !