नयाँ दिल्ली । पञ्जाबको खादुर साहिब लोकसभा सीटबाट स्वतन्त्र उम्मेदवार अमृतपाल सिंह अगाडि छन् । भारतीय निर्वाचन आयोगको वेबसाइटका अनुसार बिहान ११ः२० बजेसम्म अमृतपाल सिंहले १ लाख ५३ हजार ५८९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका कुलवीर सिंह जिराले ८९ हजार ६५४ मत ल्याएका छन् । निर्वाचन आयोगका अनुसार कुलबीर सिंह भन्दा अमृतपाल सिंह करिब ६३ हजार मतले अगाडि छन् । अमृतपाल सिंह जेलबाट चुनाव लडिरहेका छन् । पञ्जाबमा १३ सिटको कुरा गर्दा कांग्रेस ६ सिटमा अगाडि छ भने आम आदमी पार्टी ३ सिटमा अगाडि छ । शिरोमणि अकाली दल दुई सिटमा अगाडि छ भने अरु दुई सिटमा स्वतन्त्र उम्मेदवार अगाडि छन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !