काठमाडौँ । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा बैठक सुरु भएको हो ।गत जेठ १५ गते गठन भएको समितिको सभापतिमा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्री रहेका छन् । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ नाम राखिएको समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !