काठमाडौं- तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा आएको छ।बालुवाटार स्रोतका अनुसार यही शनिवार हुने शपथ ग्रहण कार्यक्रममा सहभागिताका लागि प्रधानमन्त्री दाहाललाई निमन्त्रणा आएको हो।प्रधानमन्त्री दाहाल पनि भाजपा मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जाने तयारीमा लागेको बुझिएको छ।सन् २०१४ देखि मोदी लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका थिए। केही दिन अघि सम्पन्न लोक सभा निर्वाचनको मतपरिणामअनुसार मोदी पुनः तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको हो।लोक सभा निर्वाचन परिणामपछि मोदीले बुधबार राजीनामा दिँदै मन्त्रिपरिषद भंग गरेका थिए। मोदी नयाँ मन्त्रिमण्डल गठनको तयारीमा लागेका छन्।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !