काठमाडौँ । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा आज बेलुका साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए ।
प्रकाशित :- २०८१ जेष्ठ २७, आईतवार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !