काठमाडौं । टी-२० विश्वकप अन्तरगत आइतबार राति भएको खेलमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ ।१२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो ।पाकिस्तानका मोहम्मद रिजवानले ३१ रन बनाएका थिए । बाबर आजम, उस्मान खान र फखार जमानले १३–१३ रन जोडे । सादब खान ४ र इफ्तिखर अहमदले ५ रन बनाए । नसिम साहले १० रन बनाए । भारतका लागि जस्प्रित बुमराहले ३, हार्दिक पान्ड्याले २ विकेट र अक्षर पटेलले १ विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले अलआउट हुनुपूर्व १९ ओभरमा ११९ रनमा मात्रै बनाउन सकेको थियो । भारतका विकेटकिपर ऋषभ पन्तले ४२, रोहित शर्माले १३, विराट कोहलीले ४, अक्षर पटेलले २०, सूर्यकुमार यादव र हार्दिक पान्ड्याले ७–७ रन बनाएका थिए ।पाकिस्तानका नसिम साहले ३, हरिस रौफले ३ र मोहम्मद आमिरले २ विकेट लिएका थिए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !