बझाङः बझाङमा कृत्रिम अभ्यास गर्दागर्दै डुबेर सशस्त्रका जवानको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका–७ घर भएका शशस्त्र प्रहरीका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको हो।बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास(सिमुलेशन) गर्दा गर्दै उनी डुबेका थिए। सोमवार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेशनका क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।बेहोस अवस्थामा फेला परेका उनीलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले बताएको छ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !