म्बई । वेब सिरिज ‘द ट्रायल’की अभिनेत्री नूर मालाबिका दास मृत फेला परेकी छन् । कतार एयरवेजको पूर्व एयर होस्टेससमेत रहेकी उनी मुम्बईको लोखण्डवालास्थित आफ्नै फ्ल्याट मृत भेटिएकी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको शव बेडरुमको पंखामा झुण्डिएको अवस्थामा फेला परेको हो । नूरका छिमेकीले उनको फ्ल्याटबाट दुर्गन्ध आइरहेको खबर प्रहरीलाई दिएका थिए । त्यसपछि पुगेको ओशिवारा प्रहरीले फ्ल्याटको ढोका फोरेर भित्र पस्दा शव सडेगलेको अवस्थामा भेटिएको थियो । नूरको परिवारका सदस्य मुम्बईमा छैनन् ।
प्रहरीले मालाबिकाले आत्महत्या गरेको ठहर गर्दै के कारणले भन्ने खोजी भइरहेको बताएको छ ।
नूरको परिवारलाई शव लिन आउन भने पनि कोही सम्पर्कमा नआएपछि बेवारिसे शवको दाहसंस्कार गर्ने संस्थाको सहयोगमा उनको अन्त्येष्टि गरिएको छ ।
३२ वर्षीया नूर भारत असमकी हुन् । उनले हिन्दी फिल्मसँगै वेब सिरिजमा पनि काम गरेकी छन् । उनले ‘वाकमेन’, ‘तिखी चटनी’, ‘जघन्या उपाय’, ‘चरमसुख’, ‘देखी अनदेखी’ र ‘बेकरोड हलचल’ जस्ता सिरिज र फिल्ममा काम गरेकी छन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !