काठमाडौं । कोशी प्रदेशमा मनसुन भित्रिएसँगै प्रमुख नदीहरुमा सतह बढ्न थालेको छ । कोशी, कन्काई र यसका सहायक नदीहरुको जलसतह बढ्न थालेको हो । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि कोशी, कन्काई र यसका सहायक नदीको जल सतह सामान्य बढ्ने छ ।तर कमला, बागमती, नारायणी, पश्चिम राप्ती, कर्णाली, महाकाली र तिनका सहायक नदीको जलसतह भने सामान्य रहने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि नेपालमा मनसुन भित्रिएको सूचना जारी गरेको थियो । अन्य दिनका तुलनामा मनसुन अवधिमा धेरै पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम हुने गर्दछ ।कोशी प्रदेशमा मनसुन भित्रिएको घोषणा गर्नुभन्दा अघिदेखि नै भारी वर्षा हुँदै आएको थियो । वर्षासँगै रतुवा नदीमा आएको बाढीले कार बगाउँदा दुई जनाको मृत्यु भएको थियो । कोशी प्रदेशमा वर्षा भइरहँदा त्योभन्दा पश्चिम तराईका भूभागमा भने अत्यधिक गर्मी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार मनसुन फैलिँदै पश्चिमसम्म पुग्न करिब एक साता लाग्ने अनुमान छ ।काठमाडौं उपत्यकामा भने शनिबारसम्म मनसुन आइपुग्ने आकलन छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !