काठमाडौँ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको छ । गृह मन्त्रालयभित्र परीक्षणको रूपमा लागू गरेर अहिले सिंहदरबारस्थित सबै निकायमा लागू गरिएको मन्त्रालयमा कार्यरत सूचना प्रविधि निर्देशक सुस्मा श्रेष्ठले जानकारी दिइन् । एकीकृत अभिलेख प्रणाली व्यवस्थित गरेर मन्त्रालयले ई–गेट पास प्रणाली लागू गरेको छ ।सिंहदरबार प्रवेश गर्न चाहनेले सम्बन्धित निकायमा अनुरोध गरेपछि पास स्वीकृत हुनसक्ने व्यवस्था छ । अनुरोध स्वीकृत भएपछि कोड देखाएर सेवाग्राही सिंहदरबार प्रवेश गर्न सक्नेछन् । गेटमा सुरक्षाकर्मीले क्युआर कोड स्क्यान गरेर प्रवेश दिन सक्ने श्रेष्ठले बताइन् । उनले भनिन्– ‘प्रयोजन खुलाएर सिंहदरबार पास डट जीओभी डट एनपीमा पास अप्लाइ गर्न सकिन्छ ।’ प्रवेश चाहनेले आइडी र फोटो अपलोड गर्नुपर्छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !