काठमाडौं । विभिन्न जिल्लामा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार नुवाकोटको तार्केश्वर गाउँपालिका-२ बस्ने ४० वर्षीय चन्द्रमान चित्रकार ढोरबेसीस्थित त्रिशुली नदी नजिक भिरको खोँचमा मृत अवस्थामा फेला परेका छन् । यसैगरी सुनसरीको दुहबी नगरपालिका-७ भलुवाको खेल मैदानको छेउमा सोही ठाउँ बस्ने ६० वर्षीय राजेन्द्र पासवान पनि शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै मोरङको बिराटनगर महानगरपालिका-१४ जतुवास्थित सिङग्या खोलाको किनारमा पनि अन्दाजी ३० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-२ नन्दपुरस्थित नारायणी नदी किनारमा अन्दाजी ३० वर्षीय पुरूष र मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !