काठमाडौं । आईसीसी टी–२० वरियतामा अलराउन्डरतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) ले सार्वजनिक गरेको वरियतामा अलराउन्डरतर्फ नेपालका दीपेन्द्र एक स्थान तल झर्दै सातौं स्थानमा पुगेका हुन् । यसअघि उनी छैटौं स्थानमा थिए ।उनलाई बंगलादेशका शाकिब अल हसनले पछि पारे । दीपेन्द्रले वेष्ट इन्डिज र अमेरिकामा भएको टी–२० विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।ब्याटिङतर्फ दीपेन्द्र ४६औ स्थानमा यथावत् छन् । ब्याटिङतर्फ नेपालका कप्तान रोहित पौडेल ४६ र आसिफ शेख ७० औं स्थानमा यथावत् छन् । बलिङतर्फ सोमपाल कामी ९१ र दीपेन्द्र ९७औं स्थानमा छन् । अलराउन्डरतर्फ कुशल मल्ल ३६, कप्तान रोहित ५४, गुल्सन झा ७०, कुशल भुर्तेल ७१ र करण केसी ७५औं स्थानमा छन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !