काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालको नाम वेबसाइटबाट हटाएको छ । रास्वपाको केन्द्रीय समिति बैठकले बुधबार ढकाललाई कारबाही स्वरुप एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।
उक्त निलम्बनसँगै पार्टीको वेबसाइटमा रहेको केन्द्रीय कार्यसमितिको सूचीमा ढकालको नाम छैन ।
वेबसाइटमा फोटोसहित पहिलो नम्बरमा सभापति रवि लामिछाने, दोस्रोमा उपसभापति डीपी अर्याल र तेस्रोमा स्वर्णिम वाग्लेको नाम छ । तर, महामन्त्रीको स्थान समेत खाली नछाडी एकैपटक सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम राखिएको छ ।
रास्वपाले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै उनलाई निलम्बनको निर्णय गरेको हो । निलम्बनमा परेसँगै ढकालले ३८ जिल्ला घुमेर तयार गरेको पार्टीको हालको अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गरेका छन् । उक्त प्रतिवेदनमा पार्टी समस्यामा रहेको ठहर गरिएको छ । सोही प्रतिवेदनपछि पार्टीमा हलचल उत्पन्न भएको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !