काठमाडौं– काठमाडौंस्थित बागमती किनारमा पर्ने बल्खुको तटीय क्षेत्र बाढीमा डुबेको छ । बल्खु तरकारी बजारदेखि नदी किनार नजिकै रहेका भवन तथा संरचना समेत बाढीको चपेटामा परेको हो ।शुक्रबार रातिदेखि लगातार परिरहेको बर्खेझरीले काठमाडौंका साना-ठूला नदीको सतह बढ्दा अन्तिम निकास बागमतीले खतराको तह पार गरेको छ । बल्खुभन्दा केही माथि काठमाडौं उपत्यकाका प्रमुख दुई नदी बागमती र विष्णुमति मिसिएको स्थान टेकु दोभान पर्छ ।टेकु दोभान देखिकै नदी किनारका क्षेत्र यतिखेर जलाम्मे छ । कुलेश्वर फलफूल बजारको तल्लो भाग पनि आंशिक डुबानमा परेको छ । टेकु आवास क्षेत्र समेत डुबेको छ ।
तस्विरहरूः

समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !