काठमाडौं, साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १६।८२ अंकले घटेको छ। यसदिन नेप्से ०।८३ प्रतिशतले घटेर २००६।५२ विन्दुमा बन्द भएको हो।सोमबार बजारमा दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो कारोबार दिन अर्थात् आइतबारको तुलनामा कारोबार रकम घटेको हो। आइतबार तीन अर्ब ६ करोड ३७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
सोमबार ३१४ वटा धितोपत्रको ७२ लाख २३ हजार ७७३ कित्ता सेयर किनबेच भएको छ।आज ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ वटाको घटेको छ। यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर छ। यसदिन माछापुच्छ्रे डिभेन्चर २०८७ को सेयर मूल्य सर्वाधिक ७।०९ प्रतिशतले बढेको छ। यस्तै मेन्छ्यायम हाइड्रोपावर लिमिटेडको ७।०५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य चार सय १० रूपैयाँ पुगेको छ।
यसपछि मिड सोलु हाइड्रोपावरको ५।९३ प्रतिशतले बढेर प्रतिकित्ता सेयर मूल्य ६ सय ९१ रूपैयाँ ५० पैसा पुगेको छ। आज गुराँस लघुवित्त वित्तीय संस्थाको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य एक हजार ८९५ रूपैयाँ ४० पैसा कायम भएको छ।यस्तै डोल्टी पावर कम्पनीको सेयरमूल्य पनि १० प्रतिशतले घटेर प्रतिकित्ता ४७९ रूपैयाँ ९० पैसामा झरेको छ।
सोमबार न्यादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३२६ रूपैयाँमा १७ करोड ७३ लाख ६८ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थान रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता १८ सय रूपैयाँमा ७ करोड ७० लाख २३ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !