मस्को । युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको यसका गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताएका छन् । गोलुबेभले टेलिग्राममा ड्रोन आक्रमणपछि सिमल्यान्स्की जिल्लाको पेट्रोल रिफाइनरीमा आगलागी हुँदा कुनै हताहत नभएको उल्लेख गरेका छन् ।यो क्षेत्र फ्रन्ट लाइनबाट सयौँ किलोमिटर टाढा छ । यसैबीच रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले चार युक्रेनी ड्रोन खसालेको घोषणा गरेको छ । दुईवटा रोस्तोभमा, एउटा युक्रेनसँग जोडिएको बेलगोरोड क्षेत्रमा र अर्को उत्तरमा रहेको कुर्स्कमा छन् । मस्को र किभ दुवैले ड्रोन प्रयोग गरेका छन्, जसमा फेब्रअरी २०२२ मा सुरु भएको द्वन्द्वमा सयौँ किलोमिटर फैलिएको दायरासहित ठुलो सेल्फ–डिटोनेटिङ क्राफ्ट समावेश छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !