कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।जिल्लाको भीमदत्त नगरपालीका–३ भासी स्थित सोहीठाउँका जिवन शर्मालाई ०.२४ ग्राम लागू औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ र ५ थान क्याप्सुल सहितलागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शर्माको घरबाटै नियन्त्रणमा लिएको हो।शुक्लाफाटा नगरपालीका–८ बाट सोही ठाउँका राई भान ठगुन्ना र करन जप्रेललाइ पनि लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ।प्रहरिले ठगुन्नालाई ४३ दशमलव १३ ग्राम लागूऔषध र जप्रेललाई ५.१८ ग्राम लागूऔषध सहित पक्राउ गरेको हो। यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !