काठमाडौं- वुमन्स एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंकामा रहेको नेपालले अभ्यास खेलमा जित निकालेको छ यसअघि लगातार दुई हार व्यहोरेको नेपालले मंगलबार भएको तेस्रो खेलमा एसएल डेभलवमेन्ट स्क्वाडविरुद्ध २ रनको झिनो जित दर्ता गराएको हो ।नेपालले तेस्रो खेलमा ११३ रनको लक्ष्य पछ्याएको एसएल डेभलवमेन्ट स्क्वाडलाई २० ओभरमा ११० रनमै रोक्न सक्यो ।यसअघि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै ११२ रन बनायो।नेपालका लागि रुबिना क्षत्रीले ३७ रन र विन्दु रावलले २० रन जोडिन् । एसएल डेभलवमेन्ट स्क्वाडविरूद्ध पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा ४ विकेटले नतिजा सुम्पिन बाध्य भएको थियो ।आगामी शुक्रबारदेखि श्रीलंकामै एशिया कप हुँदैछ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालसँगै भारत, पाकिस्तान र युएई छन्।नेपालले पहिलो खेल आगामी जुलाई १९ मा यूएईविरुद्ध खेल्ने तालिका छ। दोस्रो खेल पाकिस्तानसँग २१ जुलाई र अन्तिम खेल २३ जुलाईमा भारतसँग खेल्ने तालिका छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !