काठमाडौँ । श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाईते भएकी छन् । बागलुङ नगरपालिका–२ का ३५ वर्षिय अर्जुन बहादुर सार्कीले ३२ बर्षिय श्रीमती गिता आलेलाई बुधबार राती खुकुरी प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
घरायसी विवादका कारण सार्कीले श्रीमतीलाई खुकुरी प्रहार गरी घाईते बनाएको यादवले बताए ।
घाईते आलेको धौलागिरी अस्पताल बागलुङमा उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको छ । घाईते आलेको अवस्था मध्यम छ । खुकुरी प्रहार गर्ने सार्कीलाई प्रहरीले बुधबार राती नै पक्राउ गरी थप अनुसन्धान गरिरहेको यादवले जानकारी दिएका छन ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !