काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विरोधमा रहेका मेल्टिङ उद्योगीलाई भेट्ने भएका छन् । आगामी वर्षको बजेटमार्फत स्पञ्ज आइरनको कर बढेसँगै मेल्टिङ उद्योगी विरोधमा छन् । उनीहरुको विषय सुन्नलाई आज दिउँसो ४ बजे मन्त्रालयमा मन्त्री पुनले उद्योगी भेट्न लागेका हुन् ।३ वर्षअघि तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइरनको भन्सार दर शून्यमा झारेका थिए । त्यसयता स्पञ्ज पगालेर रड बनाउने उद्योगको संख्या बढेर १८ पुगिसकेको छ । यी उद्योगमा ३६ अर्बभन्दा बढीको लगानी भइसकेको उद्योगीहरुको भनाई छ ।निरन्तररुपमा कार्यक्रम नै आयोजना गर्दै विरोध गर्न थालेपछि अर्थमन्त्रीले उद्योगीलाई छलफलमा बोलाएका हुन् । सो छलफलमा करका दर कसरी तय भएका भन्ने विषयमा उद्योगीलाई जानकारी दिने अर्थमन्त्री पुनले बताए । ‘हामि उहाँहरुको कुरा पनि सुन्छौं,’ पुनले भने, ‘हाम्रा आधार पनि राख्छौं ।’
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !