नयाँ दिल्ली । प्रयोगशालामा बनेको हिराको मूल्यमा उच्च कमी आएको छ । सन् २०२२ मा प्रयोगशालामा बनाइएको हिराको भाउ एक क्यारेटकै ३०० डलरसम्म पुगेको थियो ।
अहिले यसको भाउ घटेर ७८ डलरमा सीमित भएको छ । यही अवधिमा प्राकृतिक हिराको भाउ पनि २५ देखि ३० प्रतिशतसम्म घटेको बताइएको छ ।
पछिल्लो समय विश्व बजारमा सुनको भाउ बढिरहेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको मन्दी र चिनियाँहरूको खरिद प्रवृत्तिमा आएको परिवर्तनले पनि हिरा उद्योग नराम्ररी प्रभावित बनेको छ ।
पछिल्ला दुई वर्ष निकै कठिन रहेको हिरा व्यापारीहरू भनिरहेका छन् । प्राकृतिक हिराको मूल्यमा आएको कमीसँगै साना र सस्तो खालको हिराको माग पनि प्रभावित भएको छ ।
उता, प्रयोगशालामा बनाइने हिराले सस्तो खालको हिराबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । प्राकृतिक हिराको सबैभन्दा ठुलो खरिदकर्तामध्ये एक चीनको हिरा खरिदमा व्यापक कमी आएको छ ।
यी सबैले पनि हिराको मूल्य प्रभावित भइरहेको विश्लेषकहरूले बताइरहेका छन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !