बाँके- नेपालगञ्ज विमानस्थलबाट जहाजमा काठमाडौं आउन तयार पाँचजना भारतीयलाई अवैध २४ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । राँझा एयरपोर्टबाट काठमाडौं उड्न तयार रहेका उनीहरूलाई स्रोत नखुलेको उक्त परिमाणको रकमसहित बुधबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भएका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आषिश गुप्ता, ४६ वर्षीय विमल गुप्ता र ३९ वर्षीय पंकज जैसवाल छन् राँझा एयरपोर्टबाट काठमाडौं जान लागेका उनीहरूलाई प्रस्थान कक्षमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !