काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषी उम्कदैन भन्ने आश्वस्त पार्नुपर्ने बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले अघिल्लो सरकारले जहाँ टुंग्याएको छ त्यसबारे जानकारी गराउनुपर्ने बताए । “अघिल्लो सरकारले भुटानी शरणार्थीको विषय जहाँ टुंग्याएको छ । सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ । यति अभियोजन भएको छ । यति थप अनुसन्धान हुन्छ । अदालतमा विचाराधीन छ । यो विषयमा निर्दोष एउटा पनि छुट्दैन दोषी एउटा पनि उम्कदैन । यो विषयमा कहीँ तलामाथि हुँदैन भनेर आश्वस्त पार्नुपर्छ,” थापाले भने ।
गिरीबन्धु टि स्टेटका विषयमा अदालतले दिएको ०८० माघ २४ गतेको आदेश जुन सरकार आए पनि पालना गर्नुपर्ने बताए । सरकारले जे गर्नुपर्ने हो त्यो गर्नुपर्ने उनको भनाइ छ । अदालतको आदेशअनुसार सरकारले गर्नुपर्ने उनको भनाइ छ । “सरकारले गिरीबन्धु यो हुन्छ, त्यो हुन्छ होइन । एक्सन चाहियो । तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्यो । देशभरी जसले जग्गा दुरुपयोग गरेको छ, त्यो खोसिनुपर्यो,” थापाले भने ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !