काठमाडौं – पछिल्लो १० वर्षमा सहकारी ठगी र रकम हिनामिना गरेको विषयलाई लिएर सयौं सहकारीहरुविरुद्ध उजुरी परेको छ ।
पछिल्लो १० वर्षमा देशैभरी २५८ वटा सहकारीहरूविरुद्ध उजुरी परेको नेपाल प्रहरीको तथ्यांकले देखाएको हो । तथ्यांकअनुसार; प्रहरीले उजुरी परेकामध्ये अहिलेसम्म ६६९ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारीका १५ सय ४० सञ्चालक फरार छन् ।
कोशीमा ३४, मधेशमा २७, बागमतीमा १८, गण्डकीमा २०, लुम्बिनीमा १८, कर्णालीमा ६ र सुदूरपश्चिम प्रदेशमा ८ वटा सहकारीबारे प्रहरीमा मुद्दा दर्ता भएका छन् । सबैभन्दा धेरै काठमाडौं उपत्यकाका १०७ वटा सहकारीविरुद्ध मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा पनि २० वटा सहकारीका मुद्दा दर्ता भएको र ती मुद्दासँग जोडिएका १२७ जना फरार छन् ।

समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !