काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नयाँ मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व नभएकोमा आपत्ति जनाएकी छन् । सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो आपत्ति जनाएकी हुन् । सांसद कार्कीले महिलाहरूको प्रतिनिधित्व पनि कम भएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।उनले वर्तमान सरकारको गणित कमजोर भएर हो वा नियतमै खोट भएर महिलाहरूको प्रतिनिधित्व समानुपातिक रूपमा मन्त्रीपरिषद्मा कम भएको ? भनी प्रश्न समेत गरिन् । सांसद कार्कीले सरकारले व्यक्तिगत लाभका आधारमा मन्त्री नियुक्तिको काम भएको जिकिर समेत गरिन् ।कार्कीले भनिन्, दुई ठुला दल मिलेर बनेको सरकारको जम्बो मन्त्री टोलीमा जम्मा दुई जना जम्बो मन्त्री अटाउन सकेछन् । आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्नेमा ३३ प्रतिशत चाहिँ हामी अनिवार्य गराउँछौँ भन्ने दुई ठुला दलको ३३ प्रतिशत भनेको २२ को २ हुँदो रहेछ । तपाईंहरुको गणित कमजोर हो कि नियतमै खोट हो ? महिला अधिकार कहाँ गयो, संविधान र लोकतन्त्रको मूल्य मान्यता कहाँ गयो ? भाषणमा समावेशिता भनेर कहिल्यै नथाक्ने हाम्रा नेताहरूले व्यवहारमै सरकारको नेतृत्वमा क्याबिनेटमा नै दलित समुदायलाई किन सम्मानजनक स्थान दिएनन् ?’सो अवसरमा सांसद कार्कीले जनताको हित हुने गरी काम गर्न पनि सरकारलाई शुभकामना व्यक्त गरिन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !